संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

अर्थ चौतारी

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

A A- A+

काठमाडौं- संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन्। ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे। आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?