फ्लाइटको शौचालयमा बम लेखिएको टिस्यु पेपर भेटिएपछि…

फ्लाइटको शौचालयमा बम लेखिएको टिस्यु पेपर भेटिएपछि…

अर्थ चौतारी

फ्लाइटको शौचालयमा बम लेखिएको टिस्यु पेपर भेटिएपछि…

A A- A+

नयाँ दिल्ली ।  इन्डिगो एयरलायन्सको नयाँ दिल्ली–बनारसको फ्लाइटको शौचालयमा ‘बम एट ५.३० ’ लेखिएको टिस्यु पेपर भेटिएयो । मंगलबारको उडानमा सो भेटिएपछि सुरक्षा निकायले जाँच गर्दा त्यो केवल हल्ला मात्रै भएको पुष्टि भएको छ ।

सो विमान दिल्लीबाट बनारस उड्नुअघि सो पेपर भेटिएको जनाइएको छ । सो विमानमा १७६ यात्रु थिए । दिल्ली फायर सर्भिसमा ५.३५ मा एक कल आएपछि दुई फायर इन्जिन त्यसतर्फ गएका थिए । सो स्थानमा बम डिस्पोजल टोली पनि  गएको थियो ।

प्रहरीले सो टिस्यु पेपर पाएपछि विमानको विस्तृत सुरक्षा जाँच गरिएको तर कुनै पनि शंकास्पद वस्तु नपाइएको जनाएको छ । विमानका एक क्रु मेम्बरले सो पेपर पाएपछि सम्बन्धित् अधिकारीलाई तत्कालै खबर गरेका थिए । हल्लापछि विमानबाट यात्रुलाई बाहिर निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?