काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्यु

काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्यु

अर्थ चौतारी

काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्यु

A A- A+

काठमाडौं– काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा  ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् ।

प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?