आचार्य’ मार्फत अभिनय र निर्देशनको संगममा निखिल, नयाँ अनुहारको उत्साहसँग सिनेमा फेरि चम्किने आशा

आचार्य’ मार्फत अभिनय र निर्देशनको संगममा निखिल, नयाँ अनुहारको उत्साहसँग सिनेमा फेरि चम्किने आशा

अर्थ चौतारी

आचार्य’ मार्फत अभिनय र निर्देशनको संगममा निखिल, नयाँ अनुहारको ...

A A- A+

काठमाडौं । नेपाली फिल्म उद्योगमा लामो समयदेखि सक्रिय अभिनेता तथा निर्देशक निखिल उप्रेतीले निर्देशन गर्ने बहुप्रतीक्षित फिल्म ‘आचार्य’ मा निर्देशक तथा अभिनेता सयनम अधिकारी अनुबन्धित भएका छन्। सयनमले हाल चर्चामा रहेको फिल्म ‘कालमाण्डु’ निर्देशन गरेर दर्शकको ध्यान तानेका थिए। उनका अनुसार ‘कालमाण्डु’ अहिले पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको र चाँडै नै रिलिज हुने तयारीमा छ।

अब भने उनी निखिल उप्रेतीको निर्देशनमा बन्ने फिल्म ‘आचार्य’ मा कलाकारको रूपमा देखा पर्न लागेका हुन्। यो प्रोजेक्टमा सहभागी हुनु उनको अभिनय यात्राको नयाँ मोड भएको मानिएको छ।

‘आचार्य’ फिल्मलाई निखिल उप्रेती प्रोडक्सन प्रालि ले निर्माण गर्दैछ। निखिल स्वयं यस फिल्ममा निर्देशक र मुख्य कलाकारका रूपमा प्रस्तुत हुनेछन्। साथै, फिल्ममा अभिनेत्री सञ्चिता लुइँटेल, मोडल उषा उप्रेती, र एलिस खनाल को पनि प्रमुख भूमिका रहनेछ। यद्यपि उषा र एलिसको यो फिल्म अभिनय डेब्यू हुनेछ।

हालसम्म फिल्मको कथावस्तु र टिमसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर निर्माण पक्षले चाँडै नै पत्रकार सम्मेलनको आयोजना गरी टिम, स्क्रिप्ट र छायांकन तालिका सार्वजनिक गर्ने तयारी गरेको छ। फिल्मको छायांकन आगामी असार महिनाबाट सुरु हुने अनुमान गरिएको छ।

निखिल उप्रेतीको नामले नै दर्शकमा उत्साह पैदा गर्ने यो प्रोजेक्टले नेपाली सिनेमामा नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ। निर्देशनमा निखिलको पुनरागमन, नयाँ कलाकारहरूको आगमन र अनुभवी टिमको संयोजनले ‘आचार्य’ लाई विशेष बनाउने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?