काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमाथि जनताको निगरानी नहुने हो भने मुलुकमा कुशासन मौलाउने स्पष्ट चेतावनी दिएका छन्।
राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले लोकतन्त्रको संस्थागत विकासका लागि सूचनाको हक सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
"जनताको करबाट जम्मा भएको स्रोत कसरी खर्च हुन्छ भन्ने प्रश्नमा जननिगरानी नहुँदा सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता मौलाउँछ," राष्ट्रपतिको भनाइ थियो। राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि जननिगरानी अपरिहार्य भएको उल्लेख गरे। उनले भने, “सूचनाको हकको आन्दोलनले विश्वव्यापी रुपमा नागरिकलाई सशक्त बनाउन सघाएको छ, र नेपालले यसलाई संविधानमा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ।”
उनले नागरिकको करबाट उठेको सार्वजनिक कोष पारदर्शी र जवाफदेही ढंगले खर्चिनु आवश्यक रहेको र शासन प्रणालीमा जनउत्तरदायित्व बढाउनु लोकतन्त्रको मूल आधार भएको बताए। सूचनामा नागरिकको पहुँच सुनिश्चित नगरी लोकतन्त्रको लाभ आमनागरिकसम्म पुग्न नसक्ने भन्दै उनले सम्बद्ध निकायलाई सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच