काठमाडौं । चितवनमा एम एफ टि भेट्रान फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। यही भाद्र २२ गते फुटसल टुर्नामेन्ट २०८१ सुरु हुँदैछ । एम एफ टि मर्निङ्ग फुटसल टिमका आयोजक कमिटि सदस्य दिपक पन्तले बताउनुभयो । पन्तका अनुसार २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ । ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुने आयोजकले बतायको हो। एम एफ टि मर्निङ्ग फुटसलमा १६ ओटा ओटा समुहले सहभागिता जनाएका छन् । पहिलो दिनमा १६ ओटै समुहले खेल खेल्नेछन् । खेल सकिय लगत्तै बिजेता टिमहरुलाई मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै प्रतिगिता भरिका सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्क्रिस्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही २००० नगद प्रदान गरिनेछ । उक्त प्रतियोगिता चितवनको बर्हघरी स्थित क्यास फुटसल परिसरमा हुने भएको छ।

फुटसलले युवामा विभिन्न प्रकारका प्रेरणा र सकारात्मक प्रभावहरू प्रदान गर्न सक्ने हेतुले योजना गरेको पन्तले बताय। यो खेल केवल शारीरिक फिटनेस र खेलकुदको दक्षता मात्र होइन, व्यक्तित्व विकास र जीवन कौशलहरूको पनि विकासमा योगदान पुर्याउँछ उनले भने । उक्त खेलमा प्रबेस सुल्क चार हजार तोकिएको छ भने पहिलोलाई चालिस हजार त्यस्तै दोस्रोलाई बिस हजार र प्रमाण पत्र आयोक कमिटिले बताएको हो।

फुटसलले युवामा शारीरिक, मानसिक, र सामाजिक रूपमा व्यापक सकारात्मक प्रभाव पार्न सक्छ। यस खेलले उनीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, व्यक्तित्व विकास गर्न, र जीवनका विभिन्न चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ। फुटसलले केवल खेलको उत्साह मात्र होइन, जीवनका महत्त्वपूर्ण मूल्य र कौशलहरू पनि प्रदान गर्ने गर्दछ। मुख्य प्रायोजकमा मोर्निंग फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा सक्ति प्यानल, चितावन मेडिकल कलेज र चितवन हुइलर्स रहेका छन् त्यस्तै मेडिकल पाटनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक रहनेछ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच