अझै भेटिएन हेटौंडामा सडक भासिएर बेपत्ता भएको गाडी

अझै भेटिएन हेटौंडामा सडक भासिएर बेपत्ता भएको गाडी

अर्थ चौतारी

अझै भेटिएन हेटौंडामा सडक भासिएर बेपत्ता भएको गाडी

A A- A+

काठमाडौं । मकवानपुरको हेटौंडामा सडक भासिएर बेपत्ता भएको गाडी अझै भेटिएको छैन। शुक्रबार दिउँसो १ बजे हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित भित्री सडक भासिँदा त्यहाँ रोकेर राखिएको ना ४ ख ४८३३ नम्बरको गाडी नै बेपत्ता भएको थियो सडक भासिएपछि त्यहाँ पानी जमेर पोखरीको रूप लिएको थियो। सडक भासिएर गाडी खस्न थालेपछि चालक हरि राई बाहिर निस्किएका थिए।

भासिएर खसेको गाडी केही बेरमै बेपत्ता भएको थियो। घटनाको जानकारीपछि प्रहरी घटनास्थल पुग्दा भासिएको जमिन दलदलमा परिणत भइसकेको थियो भने गाडीको नामनिशाना देखिएको थिएन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ विभिन्न उपाय लगाएर गाडी खोज्ने प्रयत्न गरिए पनि भेट्टाउन नसकिएको उनले बताए।

भासिएको ठाउँमा पोखरीको स्वरूप बनेपछि दिनभरि मोटर लगाएर त्यहाँ जम्मा भएको पानी बाहिर निकालिएको थियो।तैपनि गाडी भेट्टाउन नसकिएको डिएसपी अर्यालले बताए।

उनका अनुसार त्यस ठाउँमा बोरिङ खनिएको थियो। चालक र गाडी धनीसमेत रहेका हरि राईले त्यहाँ पोखरी बनाएर माछापालन समेत गरेका थिएमाछा बोक्न प्रयोग गर्दै आएको गाडी नै शुक्रबार बेपत्ता भएको थियो।

आइतबार बिहानैदेखि पानी परिरहेका कारण खोजी कार्य रोकिएको उनले बताए। 'दिउँसो बैठक बसेर कसरी खोज्ने भन्ने थप उपायबारे छलफल गर्छौं,' डिएसपी अर्यालले भने।भासिएको सडकखण्ड नियमित सवारी साधन हिँड्ने बाटो नभएको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?