असन्तुष्टि हटाउने हो, त्यसको राजनीति गर्ने होइन :  गगन थापा

असन्तुष्टि हटाउने हो, त्यसको राजनीति गर्ने होइन : गगन थापा

अर्थ चौतारी

असन्तुष्टि हटाउने हो, त्यसको राजनीति गर्ने होइन : गगन ...

A A- A+

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा बढ्दो असन्तुष्टिलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसलाई 'कारोबार' बनाउने प्रवृत्तिबाट टाढा रहनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले असन्तोषलाई उत्तेजनामा रूपान्तरण गर्नु खतरनाक हुने भन्दै त्यसलाई समाधानको दिशामा लैजानुपर्ने धारणा राखे।

उनले देशमा आमनागरिक बेचैन र असन्तुष्ट रहेको उल्लेख गर्दै यसको मूल कारण जनताको जीवनस्तरमा अपेक्षित सुधार नआउनु भएको बताए। "असन्तुष्टि हटाउनु जरुरी छ, त्यसलाई उत्तेजनामा लिएर जाने होइन," उनले भने, "बेचैनीलाई हटाउँदै देशलाई अगाडि लैजानुपर्छ।"

थापाका अनुसार कांग्रेस–एमाले गठबन्धनको सरकारको पहिलो प्राथमिकता पनि यिनै जनचासोका मुद्दा समाधान गर्नु हो। उनले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर मात्र सरकार विश्वसनीय बन्न सक्ने धारणा राखे।

उनले सहकार्यको माध्यमबाट संघीय तथा प्रादेशिक सरकारहरूलाई पनि राजनीतिक अस्थिरता नआओस् भन्ने सुनिश्चित गर्नुपर्ने बताए। परिणाममुखी शासनमा जोड दिँदै थापाले भनाइ स्पष्ट पारे – "सरकारमा बस्ने मात्र होइन, परिणाम दिने गरी काम गर्नुपर्छ।"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?