काठमाडौं– अब फेरि नेपाली चलचित्रमा श्री कृष्णको उदय हुने भएको छ। नेपालका सुपरस्टार सौगात मल्ल र बेनिसा हमालको मुख्य भूमिका रहेको चलचित्र सिटामोल मार्फत नवनायक श्री कृष्ण निरौला पनि देखापर्ने भएका छन्। धेरै म्युजिक भिडियोमा आफ्नो राम्रो छवि बनाइसकेका श्री कृष्ण निरौला यस फिल्म मार्फत मुख्य भूमिकामा डेब्यु गर्दैछन् जसलाई जानुका विश्वकर्माले साथ दिएकी छिन्।
सिनेमामा फेरि एउटा नयाँ श्री कृष्णको उदयले चलचित्र क्षेत्रमा नयाँ आशा र भरोसा बोकेको छ।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो।
सिनेमाको सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रसन्न मुद्रामा देखिन्छन्। सिनेमामा उनीहरू श्रीमान्-श्रीमतीको भूमिका निभाउने अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ।
सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला र जानुका विश्वकर्माको साथमा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम,सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।
तुल्सी देवी फिल्म प्रा. लि. ले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका छन्। सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रूपमा रहेका छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच