संक्रमणकालीन न्याय सम्बन्धी आयोगका लागि सिफारिस समितिको सर्ट लिस्ट चाँडै सार्वजनिक हुँदै

संक्रमणकालीन न्याय सम्बन्धी आयोगका लागि सिफारिस समितिको सर्ट लिस्ट चाँडै सार्वजनिक हुँदै

अर्थ चौतारी

संक्रमणकालीन न्याय सम्बन्धी आयोगका लागि सिफारिस समितिको सर्ट लिस्ट ...

A A- A+

काठमाडौं । सत्य र मेलमिलापको खोजीमा अघि बढेको सिफारिस समिति अब संक्रमणकालीन न्यायको संवेदनशील मोर्चामा योग्य नेतृत्व चुन्ने निर्णायक मोडमा पुगेको छ।  संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगका लागि पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति (सर्च कमिटी) ले चाँडै सर्ट लिस्ट सार्वजनिक गर्ने तयारी गरेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि आवेदन दिएका १११ जना उम्मेदवारहरूमध्येबाट योग्य नाम छनोट गर्न समिति अन्तिम छलफलमा व्यस्त छ।

सिफारिस समितिका प्रवक्ता लिली थापाले उम्मेदवारहरूको अध्ययन र आन्तरिक छलफल जारी रहेकाले सर्ट लिस्ट चाँडै सार्वजनिक गरिने बताएकी छन्। अर्का सदस्य खम्बहादुर खातीले सर्ट लिस्ट सोमबारसम्म सार्वजनिक गर्ने सम्भावना रहेको जनाएका छन्।

गत चैत २८ गते समितिले व्यक्तिगत तथा संस्थागत सिफारिसमार्फत आवेदन आह्वान गरेको थियो। व्यक्तिगत तर्फबाट ८२ र संस्थागत सिफारिसबाट २९ जनाले आवेदन दिएका थिए। अध्यक्ष पदका लागि विजयसिंह सिजापति, डिल्लीराज आचार्य, मन्दिरा शर्मा, राधेश्याम अधिकारी, गिरीश चन्द्र लाल, कुलचन्द्र गौतम, केदारभक्त माथेमा, विपिन अधिकारी, रेश्मा थापा लगायतका नाम चर्चामा छन्।

सिफारिस समितिको सर्ट लिस्टबाट दुवै आयोगमा २ अध्यक्षसहित १० जना पदाधिकारी नियुक्त गरिनेछ। सरकारको निर्णयअनुसार सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिलाई दुई महिनाको समयसीमा दिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?