काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले नेपाली भूमि मिचेर नेपाल–भारत सीमा क्षेत्रको महाकाली नदीको किनारामा तटबन्ध बनाउन लागेको विषयमा सरकारले वार्ता गर्नुपर्ने बताएका छन्।
उनले अतिक्रमण बारेमा जानकार हुँदाहुँदै पनि सरकार कानमा तेल हालेर बस्न नहुने बताएका छन्। विज्ञप्ति जारी गर्दै खनालले सीमा क्षेत्रमा करिब ४० रोपनी नेपालको भूभाग महाकाली नदी पारी समेत पुगेको र भारतले एक एकलौटी ढंगले कब्जा गरेर भारतीय पक्षले त्यो भूभागमा तटबन्ध बनाइरहेको कुरा स्मरण गराएका छन्।
‘२०७० को बाढीको कारणले महाकाली नदीको धार परिवर्तन भएको छ र नदी पूर्वी किनारतिर केन्द्रित भएको छ। त्यसले गर्दा करिब ४० रोपनी नेपालको भूभाग महाकाली नदी पारी समेत पुग्न गएको छ। त्यो भूमिलाई एकलौटी ढंगले कब्जा गरेर भारतीय पक्षले त्यो भूभागमा तटबन्ध बनाइरहेको कुरा जानकारीमा आएको छ। उक्त भूमि नेपालकै नाप नक्सामा रहेको छ’‚ विज्ञप्तिमा लेखिएको छ‚ ‘त्यसैले दार्चुलाको खलंगास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भूभाग नेपालको हो भन्दाभन्दै तथ्यका आधारमा दाबी गर्दागर्दै स्थानीय प्रशासनले रोक्दा रोक्दै भारतीय पक्षले सुनेको नसुन्यै अटेर गरेर उक्त नेपाली भूभागलाई कब्जै गर्ने ढंगले अघि बढिरहेको छ।’
खनालले घटनाका बारेमा स्थानीय प्रशासनले संघीय सरकारलाई सुसूचित गरे पनि अहिलेसम्म पनि केन्द्र सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन् । उनले आफ्नै देशको भूभाग र सिमानाप्रति सरकारको घोर लापरवाही भएको बताए।
खनालले सीमा क्षेत्रमा तनाव बढ्दै गएकाले त्यहाँका जनता आफै प्रतिरोधमा उत्रने अवस्था आउन थालेको बताए। उनले सरकारसँग नापजाँच टोली सीमा क्षेत्रमा पठाएर वैज्ञानिक ढंगबाट सिमाना प्रष्ट पार्न समेत अनुरोध गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच