शिक्षक आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म हुने

शिक्षक आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म हुने

अर्थ चौतारी

शिक्षक आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म हुने

A A- A+

काठमाडौँ। शिक्षक आन्दोलन बुधबारदेखि बिहान १० देखि २ बजेसम्म हुने भएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म तय गरिएको जानकारी दिएका हुन्।

‘२०८२ बैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ। पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो।

महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ। महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?