राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको काठमाडौँ प्रशासन कार्यालयमा धर्ना ( हेर्नुस् तस्बिरहरु)

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको काठमाडौँ प्रशासन कार्यालयमा धर्ना ( हेर्नुस् तस्बिरहरु)

अर्थ चौतारी

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको काठमाडौँ प्रशासन कार्यालयमा धर्ना ...

A A- A+

काठमाडौँ । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नारासहित राप्रपा काठमाडौं जिल्ला इकाइले सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। राजतन्त्र पुनर्स्थापनाको माग गर्दै र गिरफ्तार भएका नेताहरूको तत्काल रिहाइको मागसहित राप्रपाका कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

कार्यकर्ताहरू हातमा व्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा बोकी प्रशासन कार्यालय अगाडि बस्दा प्रहरी प्रशासन सतर्क देखिएको थियो। राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि यस्तै कार्यक्रम गर्दै सम्बद्ध कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ।

राप्रपाका नेताहरूले वर्तमान गणतान्त्रिक प्रणालीले जनताको समस्या समाधान गर्न नसकेको भन्दै वैकल्पिक व्यवस्थाका रूपमा संवैधानिक राजतन्त्रको बहाली आवश्यक रहेको तर्क गरेका छन्।

पार्टीले पछिल्ला दिनमा सरकारविरुद्ध आवाज बुलन्द पार्दै राजसंस्थाको पक्षमा आन्दोलन चर्काउँदै आएको छ।

हेर्नुस तस्बिरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?