लागुऔषध सहित कैलालीबाट १ जना पक्राउ

लागुऔषध सहित कैलालीबाट १ जना पक्राउ

अर्थ चौतारी

लागुऔषध सहित कैलालीबाट १ जना पक्राउ

A A- A+

काठमाडौँ ।  कैलालीको सुखडबाट लागुऔषधसहित १ जना युवक पक्राउ परेका छन् ।  गएराति पौने ८ बजेको समयमा घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट १९ वर्षीय सुनिल मल्ललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दिर्घ बहादुर साउँदले बताए ।

मल्लको साथबाट ८० मिलि ग्राम खैरो हिरोईन बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय सुखडबाट सादा पोसाकमा खटिएका प्रहरी जवान नविन शाहीले उनलाई पक्राउ गरेका हुन् । मल्ललाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?