राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

/fli6«o;ef a}7sdf lj/f]w sf7df8f}F, !# r}tM /fli6«o;efsf] a'waf/ a;]sf] a}7sdf k|d'v k|ltkIf bn g]skf -dfcf]jfbL s]G›_nufotn] cfcfˆgf] :yfgdf pleP/ lj/f]w ub}{ . tl:a/M /Tg >]i7÷/f;;

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

अर्थ चौतारी

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

A A- A+

१५ चैत, काठमाडौं । राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।

त्यसपछि सभाध्यक्ष नारायाण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद बैठक राखेकोमा आपत्ति जनाए । कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरे ।

यही माग राखेर केही दिनदेखि विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

शुक्रबार पनि १७ मिनेटसम्म सभा अगाडि जान नसकेपछि सभाध्यक्ष नारायण दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित गर्नु अगाडि सभाध्यक्ष दाहालले संसद्‍को गतिरोध अन्त्यका लागि राजनीतिक सहमति खोज्न आग्रह गरेका छन् ।

‘दलहरू आफैँ सक्रिय बनेर कसरी समाधान गर्ने हो ? सत्तापक्ष एकातिर प्रतिपक्ष अर्कोतिर कानमा तेल हालेर बसेर समाधान हुँदैन । राजनीतिक सहमति खोजियोस्,’ दाहालले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?