जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै, पत्रकारसँग बोल्न रोक

जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै, पत्रकारसँग बोल्न रोक

अर्थ चौतारी

जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै, पत्रकारसँग बोल्न ...

A A- A+

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख बनेको छ । आजै उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले बताए । आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारीसमेत गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई नबोल्न निर्देशन दिएको स्रोतले बतायो । दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म बोल्न रोक लगाइएको हो । अस्पतालकी निर्देशक डा. मीना थापाले अवस्था सामान्य हुँदै गएको बताइन् । उनले भनिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’ तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको उनले जानकारी गराइन् । दुर्घटनाका विषयमा क्याप्टेनसँग धेरै कुरा नगरेको उनको भनाइ छ । अस्पतालका प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको भन्दै सन्तोष व्यक्त गजरे । उनले भने, ‘यो एयरपोर्टबाट नजिकै रहेको अस्पताल हो । कुनै भवितव्य पर्यो भने यहीँ ल्याइन्छ । यो अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भयौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?