कुलमान बर्खास्तगी प्रकरणमा माओवादीले प्रधानमन्त्रीको जवाफ माग्नु उचित हुँदैनः कांग्रेस महामन्त्री शर्मा

कुलमान बर्खास्तगी प्रकरणमा माओवादीले प्रधानमन्त्रीको जवाफ माग्नु उचित हुँदैनः कांग्रेस महामन्त्री शर्मा

अर्थ चौतारी

कुलमान बर्खास्तगी प्रकरणमा माओवादीले प्रधानमन्त्रीको जवाफ माग्नु उचित हुँदैनः ...

A A- A+

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर गलत गरेको बताएका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफू र अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीलाई सुझाव दिँदा कुलमानलाई नहटाउनको लागि भनेको उनले बताए ।

साथै, कांग्रेस पदाधिकारी बैठकमा समेत कुलमानलाई हटाउन हुँदैन भनेर नै छलफल भएको र हटाउने कुरामा पदाधिकारी बैठकको सहमति नरहेको उनले बताए । ‘अहिले जे निर्णय भएको छ, यो निर्णय हुँदै गर्दाखेरी हामीले नगर्नुस् गर्न हुन्न भन्ने हो । त्यहाँसम्मको सन्दर्भमा हामीले गम्भीरतापूर्वक यो विषय भनेका थियौं,’– उनले भने ।

कुलान बर्खास्तगी प्रकरण अब अदालतको विषय भइसकेको बताउँदै उनले माओवादी केन्द्रसहित प्रतिपक्षीहरुले संसद् अवरुद्ध गर्नु उचित नहुने बताए । महामन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु पनि उचित नहुने बताए । ‘अब यस पछाडिको विषय के आउँछ अन्तिममा भने संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भनेको छ । यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो । सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद् अवरोध गरिरहने कुरा उचित हुँदैन,’– महामन्त्री शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?