काठमाडौं, २० फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले मेयर बालेन शाहले आफ्नो कमिकमजोरी ढाकछोप गर्न र दोष अरुलाई थोपरेर चोखो बन्न खोजेको आरोप लगाएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर शाहबीच प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयमा आरोपप्रत्यारोप चलिरहेको छ । यही सन्दर्भमा भट्टराईले बेठिक गरेको टिप्पणी गरेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–
आफ्ना कमिकमजोरी ढाकछोप गर्न र दोष अरूलाई थोपरेर चोखो बन्न खोज्ने प्रवृत्ति बेठीक छ । मेयर बालेनले अहिले त्यहि बेठीक गरेको देखिन्छ। मेयरको राजनीति जनसेवाका लागि हो भने उनका कृयाकलापहरु पनि त्यस अनुसार हुन पर्यो । हरेक निर्णयहरु पारदर्शि र महानगरका जनतालाई केन्द्र भागमा राखेर गरिन पर्यो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच