प्रधानमन्त्री ओली भारतको निम्तोको पखाईमा, अप्रिलमा बैंककमा भेटवार्ता हुने मन्त्री राणाको विश्वास

प्रधानमन्त्री ओली भारतको निम्तोको पखाईमा, अप्रिलमा बैंककमा भेटवार्ता हुने मन्त्री राणाको विश्वास

अर्थ चौतारी

प्रधानमन्त्री ओली भारतको निम्तोको पखाईमा, अप्रिलमा बैंककमा भेटवार्ता हुने ...

A A- A+

काठमाडौं, ११ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तोको पखाईमा रहेको खुलासा गरेकी छिन् । मन्त्री राणाले भारतीय पत्रिका द हिन्दूको लागि पत्रकार सुहासिनी हैदरसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।

यद्धपी मन्त्री राणाले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी अप्रिलमा हुने विमस्टेक सम्मेलनको क्रममा साईडलाइन भेटवार्ता हुने आशा व्यक्त गरेकी छिन् । उनले यो वर्षको बीचमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउनसक्ने सम्भावनापनि सुनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?