काठमाडौं, फागुन ८ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो ।
परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो । वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच