कोरससँग ताल मिलाएका प्रदीपको गीत ट्रेन्डिङमा

कोरससँग ताल मिलाएका प्रदीपको गीत ट्रेन्डिङमा

अर्थ चौतारी

कोरससँग ताल मिलाएका प्रदीपको गीत ट्रेन्डिङमा

A A- A+

काठमाडौं : चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङमा परेको छ। सार्वजनिक भएको सात घण्टामै गीत युट्युब ट्रेन्डिङमा परेको हो। गीतलाई १२ लाख बढी पटक हेरिएको छ। गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ। तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले सय बढी कोरसमाझ प्रस्तुत गरेका छन्।

कोरससहित नृत्य गरेको प्रदीपको यो दोस्रो गीत हो। यसअघि उनले ‘पुजार सार्की’ फिल्मको ‘दर्शन गरेँ’ बोलको गीतमा कोरससँगै कम्मर मर्काएका थिए। त्यसअघि भने प्रदीप नायिकाहरूसँग रोमान्टिक गीत मात्र देखिने गरेका थिए।

गीतमा फिल्मका कलाकारहरू प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल)को अभिनय छ। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?