काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
पाण्डेको हकमा उनकी श्रीमती मञ्जुले गत माघ ११ गते सर्वोच्चमा दायर गरेको सो रिट आज न्यायाधीशद्धय सपना प्रधान मल्ल र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ । यसअघि प्रकाशमानसिंह राउतसहित कुमार चुडाल, हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासमा पेशी परेपनि सुनुवाइ हुन सकेको थिएन ।
बन्दी प्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाइएको छ। २०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच