रक्षामन्त्री राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

रक्षामन्त्री राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

अर्थ चौतारी

रक्षामन्त्री राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

A A- A+

काठमाडौं : रक्षामन्त्री मानवीर राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री राई चढेको गाडीले आइतबार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। ‘घटना सामान्य हो। मन्त्रीज्यू सवार गाडीले मोटरसाइकलको लुकिङ ग्लासलाई ठक्कर दिएको रहेछ। ग्लास बनाइसकेर दुवै पक्ष आ-आफ्नो गन्तव्यमा गइसकेका हुन्’, उनले भने। उनले त्यस घटनाबाट कुनै मानवीय क्षति वा घाइते नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?