अमिर केसी काठमान्डौ। भाग्यरत्न फिल्म्स प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म 'पहाड' को पोस्टर सार्वजनिक गरिएको छ। लेखक तथा निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित यो चलचित्रले नेपाली समाज र प्राकृतिक सौन्दर्यको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
फिल्मको निर्माण ओजस्वी के.सी.ले गरेका छन् भने छायांकन प्रमोद प्रधानले गरेका छन्। संगीत निर्देशन रन्जीत गजमेरले सम्हाल्ने भएका छन्। सह-निर्माताको रूपमा रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ रहेका छन्।
चलचित्रको पहिलो झलकमा पर्वतीय भेगको विशालता र नेपाली प्रकृतिसँग सम्बन्धित भावना झल्किएको छ। यस पोस्टरले दर्शकमा उत्सुकता थप्ने विश्वास गरिएको छ।
फिल्मको रिलिज मिति र थप जानकारी चाँडै सार्वजनिक गरिनेछ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच