निसा पाण्डेको पहिलो कृति ‘निर्षा’ बजारमा

निसा पाण्डेको पहिलो कृति ‘निर्षा’ बजारमा

अर्थ चौतारी

निसा पाण्डेको पहिलो कृति ‘निर्षा’ बजारमा

A A- A+

अमिर केसी काठमान्डौ:-भक्तपुरको दधिकोटमा बसोबास गर्ने र 'काठमाण्डौं स्कूल अफ ल' (केएसएल) मा बीएएलएलबी तेस्रो वर्षमा अध्ययनरत निसा पाण्डेले आफ्नो पहिलो उपन्यास ‘निर्षा’ पाठकमाझ ल्याएकी छिन्।

उपन्यासले नेपाली समाजमा विद्यमान जातीय विभेद, पारिवारिक विखण्डन, राजनीतिक अस्थिरता, र विदेश रोजगारीको यथार्थलाई उजागर गरेको छ। सरल र प्रवाहमय भाषामा लेखिएको ‘निर्षा’ सामाजिक यथार्थ र मानवीय संवेदनाको प्रभावकारी चित्रण हो, जसले पाठकलाई गहिरो रूपमा प्रभावित गर्ने क्षमता राख्छ।

केएसएल कलेजले पुस २९ गते आयोजना गरेको विशेष कार्यक्रममा ‘निर्षा’ को विमोचन गरिएको थियो। सो अवसरमा कलेजका कार्यकारी निर्देशक प्रा.डा. युवराज सङ्ग्रौलाले उपन्यासको प्रशंसा गर्दै भने, “निसाले आफ्नो पहिलो कृतिमार्फत समाजका गम्भीर समस्या मात्र उठान गरेकी छैनन्, समस्याको समाधानको खोजीमा सत्यप्रयास पनि गरेकी छिन्। यो उपन्यासले अन्धकारबाट उज्यालोतर्फको बाटो देखाउने सन्देश दिन्छ।”

निसा पाण्डेको ‘निर्षा’ अब पुस्तक बजारमा उपलब्ध छ, र यो नेपाली साहित्यमा एक नयाँ ढंगको सोच र कलाको प्रतीकका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?