भारतीय चर्चित गायक सोनु निगमसहितको ब्याण्डले गर्ने कन्सर्टका लागि तयारी सुरु भएको छ। बुधबार हुने कन्सर्टका लागि बौद्धस्थित हायात होटलको खुला चौरमा स्टेज निर्माण सुरु भएको हो।

आयोजक नेपाल टचको आयोजनामा हुन लागेको कन्सर्टमा निगमसहित उनको २५ सदस्यीय ब्याण्डले ३ घण्टा प्रस्तुति दिनेछ। उनले ५ वटा नेपाली गीत समेत गाउने छन्।
कन्सर्टका लागि निगम बुधबार बिहान काठमाडौँ आउनेछन्। बुलेका ६ बजेदेखि हुने कन्सर्टमा ८ हजार दर्शक उपस्थि हुने आयोजकको अपेक्षा छ। अहिलेसम्म साढे ६ हजार टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ।




इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच