पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स

पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स

अर्थ चौतारी

पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स

A A- A+

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार भएको भिडन्तमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा पुग्ने दोस्रो टोली भएको छ ।

समूह चरणका ६ खेलबाट जनकपुरसँगै समान १० अंक बनाएको सुदूरपश्चिमले पोखराविरुद्ध चाहेअनुसारको परिणाम निकाल्दै प्ले अफ यात्रा तय गरेको हो ।

सुदूरबाट मिलेको १५४ रनको चुनौती पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।

यो जितसँगै सुदूर ६ खेलबाट १० अंकसहित सुदूर शीर्ष स्थानमा पुगेको छ। सुदूरले लिगचरणको अन्तिम खेल मंगलबार कर्णाली याक्ससँग खेल्ने तालिका छ।

पराजित पोखराले सात खेलबाट ६ अंकसहित प्रतियोगिताबाट बिदा भएको छ । जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा छ । चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजले ८/८ अंक बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?