४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का

४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का

अर्थ चौतारी

४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए ...

A A- A+

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी आयन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाज संकटमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले ५ दशमलव ५ ओभरमा ४ विकेट गुमाएको हो ।

५ ओभरमा लुम्बिनीका साद बिन जफरले काठमाडौंको २ विकेट लिएका हुन् । जफरले ५ ओभरको पहिलो बलमा गेर्हार्ड इरास्मसलाई सन्दीप जोरामार्फत क्याच आउट गराएका हुन् ।

५ ओभरको पाँचौं बलमा उनले सुमित महर्जनलाई एलबीडब्ल्यू आउट गराएका हुन् ।

त्यसअघि, पहिलो विकेटको रुपमा काठमाडौंका माइकल लिभर्ट पहिलो ओभरको तेस्रो बलमै आउट भएका हुन् । उनलाई खाता नदिइ लुम्बिनीका रामोन सिमन्ड्स पवेलियन फर्काएका हुन् ।

अर्का ओपनर स्टिफन एस्किनाजी केबल १३ रन बनाएर पवेलिएन फर्किए । १६ बल टिकेर २ चौकाको सहयोगमा १० रन मात्रै बनाए उनलाई काठमाडौंका अभिनाश गौतमले आउट गराए ।

अहिले क्रिजमा भीम सार्की र डान डौथवेट छन् । काठमाडौं १० ओभरमा ४ विकेट गुमाउँदै ४२ रनको संकटपूर्ण अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?