काठमाडौँ । जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायनका जोडि बलबहादुर राजबँशी र मेलिना राईको स्वरमा मैले जिउँने संसार बोलको गीत सार्वजनिक भएको छ ।
गीतको शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा सँगीत स्वयम् गायक बलबहादुर राजबँशीको नै रहेको छ । गीतमा संगीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चन्द्र चौधरीको रहेको छ। गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबँशीको अभिनय देख्न सकिन्छ । गीतको छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्। गीत जति मिठो छ भिडियोपनि त्यतिनै आकर्षक बनेको छ ।
गायक राजबँशी भोईस अफ नेपाल सिजन २ का टप नाईन सम्म पुगेका गायकपनि हुन् । गायक राजबँशीका नेपाली मात्र नभै राजबँशी , भोजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भई सकेका छन्।उक्त गीतलाई बल बहादुर राजबँशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।
https://youtu.be/embed/EkXzJGVZsTY?i=mVhhF8xL4POe-DT0

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच