२१ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

२१ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

अर्थ चौतारी

२१ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

A A- A+

काठमाडौं –२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस  ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ देशभर मनाइँदैछ ।

अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्‍याउने उद्देश्यले वि।सं २०४५ सालदेखि यो कार्यक्रम शुरू भएको हो । सरकारले हरेक वडामा कम्तीमा एक जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत हुनुपर्ने व्यवस्था गरेको छ ।

स्वयंसेविकाहरूले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सामुदायिक स्वास्थ्यमा योगदान पुर्‍याउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?