नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्ने एमाले नेता भट्टराईको दाबी

नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्ने एमाले नेता भट्टराईको दाबी

अर्थ चौतारी

नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्ने एमाले नेता ...

A A- A+

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा बाग्मती प्रदेशको इन्चार्ज डा. राजन भट्टराईले नेपालले छिमेकी मुलुकसँगको कनेक्टिभिटीमा फड्को मारिरहेको बताएका छन् ।

भारत र चीनसँगको सडक सञ्जालको विवरण पेश गर्दै भट्टराईले नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्ने आधार निर्माण भएको पनि दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सहमित तथा सम्झौतालक्षित भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–

नेपालले छिमेकी मुलुकसंगको कनेक्टीभिटीमा फड्को मार्दैछ :
१. सडक संन्जाल:
क) दक्षिणतर्फ भारतसँग बिरगंज, बिराटनगर, भैरहवा र कञ्चनपुरमा Integrated Check Posts निर्माण र सञ्चालन
ख) उत्तरतर्फ चीनसँग तातोपानी, रसुवागढी, कोरला, हिल्सा र किमाथाङ्कामा सडक सञ्जाल र ड्राईपोर्टहरु (कतिपय प्रस्तावित) को निर्माण र सञ्चालन
२. अन्तरदेशीय प्रसारण लाइन:
क) दक्षिणतर्फ भारतसँग ढल्केबर – मुज्जफरपुर र बुटवल – गोरखपुर अन्तर देशीय प्रसारण लाइनको निर्माण र संचालन गरेर
ख) उत्तरतर्फ चीनसँग प्रस्तावित रसुवा – केरूङ र किमाथाङ्काको अन्तर्देशीय प्रसारण लाइनको निर्माण सम्पन्न गरेर
३. रेल्वे सञ्जाल (प्रस्तावित):
क) काठमाडौँ – रक्सोल रेल्वे निर्माण सम्पन्न गरेर
ख) काठमाडौँ – केरुङ रेल्वे निर्माण र संचालन गरेर
यसका अलावा सञ्चालनमा रहेको हवाई यातायातको बिस्तार, भरपर्दो संचारको संजाल निर्माणले विश्वकै धेरै जनसङ्ख्या र उदीयमान अर्थतन्त्रसँग जोडिदै नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्नका लागि आधार निर्माण गरेको छ । हामी सबैलाई शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?