व्यवस्थाको रक्षाका लागि फेरि रातो मान्छे भएर उभिन तयार छुः पूर्व उपराष्ट्रपति पुन

व्यवस्थाको रक्षाका लागि फेरि रातो मान्छे भएर उभिन तयार छुः पूर्व उपराष्ट्रपति पुन

अर्थ चौतारी

व्यवस्थाको रक्षाका लागि फेरि रातो मान्छे भएर उभिन तयार ...

A A- A+

काठमाडौं, १९ मंसिर । पूर्व उपराष्ट्रपति एवं जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन ‘पासाङ’ ले व्यवस्थाको रक्षाका लागि आफू फेरि रातो मान्छे बनेर उभिन तयार रहेको बताएका छन् । आज (बुधबार) गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले प्राप्त उपलब्धी उल्ट्याउन चाहन्छ भने त्यसको प्रतिरोध गर्न तयार रहेको बताएका हुन् । उनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायत उपलब्धी उल्ट्याउने दुस्साहस नगर्न चेतावनी दिए ।

‘हामी फेरि गणतन्त्रको अभियानमा, अध्यक्ष प्रचण्डको नेतृत्वमा तपाईँ हामी सबै गोलबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यक्ता छ । यो गणतन्त्रको रक्षाका लागि अझ दृढतापूर्वक लड्नुपर्ने जरुरी छ । अहिलेको उपलब्धी कसैले उल्ट्याउन चाहन्छ भने तपाईँ हामी सबै आगो बन्न तयार हुनुपर्छ । म यो गणतन्त्रको योद्धा हुँ ।’ पूर्व उपराष्ट्रपति पुनले भने, ‘प्रक्रियावादीहरुले जाल, षड्यन्त्र गरेर प्राप्त उपलब्धीहरुलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक समावेशी र यो संघीयतालाई फेरि दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु । विगतमा मैले जे–जे गरेँ, त्यो भन्दा नयाँ उचाइबाट मैले नेतृत्व गर्न सक्छु भन्ने साहस मसँग छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?