करणको कप्तानी इनिङमा काठमाडौंको पहिलो जित, धवनको अर्धशतक प्रेरित कर्णालीको लगातार दोस्रो हार

करणको कप्तानी इनिङमा काठमाडौंको पहिलो जित, धवनको अर्धशतक प्रेरित कर्णालीको लगातार दोस्रो हार

अर्थ चौतारी

करणको कप्तानी इनिङमा काठमाडौंको पहिलो जित, धवनको अर्धशतक प्रेरित ...

A A- A+

काठमाडौं । कप्तान करण केसी र सुमित महर्जनको शानदार साझेदारीमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ ।

आज भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले स्तब्ध बनाउँदै काठमाडौंले पहिलो जित दर्ता गरेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा कप्तान करण केसीले कप्तानी इनिङ खेले । १० बलको सामना गरेका उनले २८ रन जोडे । करणले २ चौका र २ छक्का हिर्काए ।

सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए । बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।

यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती पेश गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

८४ रनमा ५ विकेट गुमेपछि धवनले जीशान मकसुदसँग मिलेर अविजित ६५ रनको साझेदारी गर्दै कर्णालीलाई मध्यम योगफलसम्म पुर्‍याएका हुन् । बलिङतर्फ काठमाण्डुका जेरार्ड एरासमसले २ विकेट लिए भने दिपेश कँडेल, करण केसी, नाथन सोटरले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?