काठमाडौं– अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ सोमबारबाट फ्लोरमा गएको छ।
अनन्या फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म शुभमुहूर्त भएको हो।
ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरबाट फ्लोरमा गएको फिल्मको प्रमुख कलाकारमा अनमोल केसीसहित भुवन केसी, बिपना थापा, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मालगायत छन्।
फिल्ममा अनमोलको बुवाको भूमिकामा स्वयम भुवन केसी देखिने छन् भने आमाको भूमिकामा बिपना थापा खेल्ने बताइएको छ ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्म निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन्। यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन्।
यो फिल्मको प्रदर्शन अधिकार उपत्यकामा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले लिएको छ।
५० दिनको सुटिङ सेड्युल राखिएको फिल्म लुक्ला र लद्दाखमा पनि खिचिने बताइएको छ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच