चर्चित गायक अर्जुन सापकोटाले कसे लगनगाँठो

चर्चित गायक अर्जुन सापकोटाले कसे लगनगाँठो

अर्थ चौतारी

चर्चित गायक अर्जुन सापकोटाले कसे लगनगाँठो

A A- A+

काठमाडौं । लोकगायक अर्जुन सापकोटाले लगनगाँठो कसेका छन् । बुधबार काठमाडौंमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमिका दीपा सिंखडासम्म विवाह गरे ।

गोंगबुको एक ब्यांक्वेटमा उनीहरुले विवाह गरेका हुन् । यी दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । कलाकारिता क्षेत्रभन्दा बाहिरकी युवतीसँग सापकोटाले विवाह गरेका हुन् । सिंखडा बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो ।

विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइ सहभागी थिए । गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, ‘बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् । उनी गायनसँगै मोडलिङ समेत गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?