चितवनमा भएको दुर्घटनामा थप एकको मृत्यु

चितवनमा भएको दुर्घटनामा थप एकको मृत्यु

अर्थ चौतारी

चितवनमा भएको दुर्घटनामा थप एकको मृत्यु

A A- A+

नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो।
उनको उपचारका क्रममा सोमबार बिहान साढे ८:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।
आइतबार उपचारकै क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको किशोरको पनि परिचय खुलेको छ। डिएसपी रिजालका अनुसार मृतक प्यूठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुन छन्।

बाँकी २१ घाइतेहरूको उपचार जारी रहेको उनले बताए।
गएराति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।

डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।
चारवटा गाडी ठोक्किँदा नारायणगढ-मुग्लिन सडक राति साढे २ बजेसम्म अवरूद्ध भएको थियो।

त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड बिहानदेखि दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?