काठमाडौं । पेस्तोलसहित प्रहरीले सप्तरीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीकै सुरुंगा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बमबहादुर तामाङ छन् ।
उनीहरूका साथबाट पेस्तोल एक, त्यसमा लाग्ने गोली दुई राउन्ड र म्यागजिन दुईथान बरामद गरिएको छ । सप्तरीको खडक नगरपालिका–८, भदियाबाट शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनीहरू स६प ५९०८ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच