काठमाडौं– चालु आर्थिक वर्ष (आव) को दुई महिनामा नेपालबाट झण्डै २ अर्बको कार्पेट, टेक्सटाइल निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौ महिनामा नेपालबाट १ अर्ब ९९ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको कार्पेट, टेक्सटाइल सामग्री निर्यात भएको हो ।
विभागको तथ्यांकअनुसार सो अवधिमा नेपाली कार्पेट तथा टेक्सटाइल उत्पादकहरूले सबैभन्दा धेरै अर्थात् १ अर्ब ३० करोड ९९ लाख ५९ हजार बराबरको कार्पेट टेक्सटाइल अमेरिका निर्यात गरेका छन् ।
त्यस्तै समीक्षा अवधिमा उत्पादकहरूले नेपालबाट १ अर्ब बढीको कालो चिया निर्यात गरेका छन् । विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा १ अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको ४४ लाख २० हजार २४६ केजी चिया निर्यात गरेका हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच