जापानमा वर्षाका कारण छ जनाको मृत्यु

Rescue personnel search for missing people in debris washed away from flooding by the Tsukada river following heavy rain in Wajima city, Ishikawa prefecture on September 23, 2024. Heavy rain that triggered floods and landslides on a Japanese penisula recovering from an earthquake this year killed at least six people, local media reported on September 23. (Photo by Yuichi YAMAZAKI / AFP)

जापानमा वर्षाका कारण छ जनाको मृत्यु

अर्थ चौतारी

जापानमा वर्षाका कारण छ जनाको मृत्यु

A A- A+

टोकियो, ७ असोज । जापानको इशिकावा प्रान्तमा भारी बर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । मृतक मध्येका दुई जना कामदार आइतबार एउटा सुरङनजिकै मृत फेला परेका थिए । स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय सञ्चारमाध्यम एनएचकेले शनिबार भग्नावशेषमुनि गाडिएका अन्य दुई जना महिलाको शव फेला परेको जनाएको छ ।

नदी क्षेत्र नजिकै उद्धार गरिएको एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने एउटा घर पहिरोमा डुब्दा थप एक जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

अधिकारीहरूले अझै पनि केही व्यक्तिहरूको सुरक्षा पुष्टि नभएकाले वेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको एनएचकेले जनाएको छ ।

भारी वर्षाले शनिबारदेखि इशिकावामा सामान्य जनजीवन प्रभावित भएको छ भने यो क्षेत्र केही समयअघि मात्र ठूलो भूकम्पबाट प्रभावित भएको थियो ।

जापानीको मौसम विभागले आइतबारदेखि इशिकावा प्रान्तका केही भागहरूका लागि भारी वर्षाको आपतकालीन चेतावनीलाई कम गर्दैसम्भावित बाढी र पहिरो विरुद्ध निरन्तर सतर्कता अपनाउन आह्वान गरेको छ ।

एनएचकेका अनुसार भारी वर्षाले निम्त्याएको पहिरोका कारण जापानका ११५ वटा गाउँलाई सिथिल पारेको छ भने आपूर्ति र पूर्वाधारमा लामो समयसम्म पर्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?