ब्याटिङ नचल्दा नेपालको लगातार तेस्रो हार, सन्दीपले तोडे आफ्नै रेकर्ड

ब्याटिङ नचल्दा नेपालको लगातार तेस्रो हार, सन्दीपले तोडे आफ्नै रेकर्ड

अर्थ चौतारी

ब्याटिङ नचल्दा नेपालको लगातार तेस्रो हार, सन्दीपले तोडे आफ्नै ...

A A- A+

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए ।

दोस्रो विकेटका लागि परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालका सन्दीप लामिछानेले २, करण केसी, गुलशन झा र ललित राजवंशीले समान १-१ विकेट लिए ।

त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।

सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । सन्दीपले बनाएको यो स्कारे एकदिवसीय क्रिकेटमा उनको हालसम्मको उच्च हो । त्यस्तै गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७।१ ओभरमा ८७-७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४९(४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १-१ विकेट लिए । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अव अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ ।

नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमाछ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?