श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको समितिको बैठक स्थगित

श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको समितिको बैठक स्थगित

अर्थ चौतारी

श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न बोलाइएको समितिको ...

A A- A+

काठमाडौं, ६ असोज । आज बस्ने भनिएको संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ । संसदीय समितिको अर्को बैठक भोलि दिउँसा १ बस्ने बताइएको छ ।

श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय गर्न संसदीय समितिको बैठक आह्वान गरिएको थियो । राजदूतमा सिफारिस भएका भट्टराईले संसदीय सुनुवाइ समिति र परराष्ट्र मन्त्रालयमा स्नातक तह उत्र्तीण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिएनन् ।

गत विहीबार सुनुवाइ समितिले भट्टराईलाई तुरुन्त शैक्षिक प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो । तर, भट्टराईले प्रमाणपत्र पेश नगरेपछि उनलाई अस्वीकृत गर्न बोलाइएको बैठक एक दिनपछि सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?