काठमाडौं, ६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गरेका छन् । यसअघि लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद् सदस्यले पालना गर्नुपर्ने आचरसंहिता ल्याएका मुख्यमन्त्री आर्चायले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरिसकेका छन् ।
सेवा प्रवाहमा ढिलासुस्ती भएको नागरिकको गुनासोलाई सम्बोधन गर्नेगरी योजना बनेको मुख्यमन्त्री आचार्यले बताए । मुख्यमन्त्री आचार्यले बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्बोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न निर्देशन जारी गरिएको बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच