काठमाडौं – रुकुमपूर्वका एकजना युवकलाई खुकरी हानेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मार्ने योजनासहित रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ २४ वर्षीय युवकलाई शुक्रबार राति खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा संखुवासभाको खाँदबारी नगरपालिका-५ भोटेबास घर भए र काठमाडौं महानगरपालिका-१८ बस्ने २५ वर्षीय मिङ्मा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा छन् । उनीहरूले काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिरअगाडि शुक्रबार राति रुकुमपूर्वका ती युवकलाई खुकुरी हानेर भागेका थिए। फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच