माधव नेपालको झाँक्रीलक्षित अभिव्यक्तिः ‘चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो’

माधव नेपालको झाँक्रीलक्षित अभिव्यक्तिः ‘चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो’

अर्थ चौतारी

माधव नेपालको झाँक्रीलक्षित अभिव्यक्तिः ‘चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने ...

A A- A+

काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीविरुद्ध निराशा, नकरात्मकता र जनतामा अविश्वास पैदा गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई सचेत गराएका छन् । आज (शुक्रबार) एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा आयोजित १० औं महाधिवेशनको सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी विरोधी गतिविधिलाई कुनै छुट नदिइने बताएका हुन् ।

महाधिवेशनमा उपाध्यक्ष पदमा पराजीत भएकी रामकुमारी झाँक्रीतर्फ लक्षित गर्दै उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो । यसलाई कुनै हालतमा छुट दिन सकिँदैन । पार्टीप्रति निराशा पैदा गर्ने, नकरात्मकता पैदा गर्ने, पार्टीप्रति जनताको विश्वासक कमजोर बनाउने, पार्टी पंत्तिलाई निराश बनाउने कुनैपनि काम यो पार्टीलाई माया गर्ने मान्छेले गर्दैन । नगर्नुस् । रिसको झोकमा सीमाभित्रै बस्नुस् ।’

अध्यक्ष नेपालले जे पायो त्यही नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । धेरै छुट दिइसकिएको बताउँदै उनले अब मनपरी गरेर हिँड्नेलाई छुट दिन नसकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?