काठमाडौं । संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजित नेसनल डे कन्सर्टमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त भएको खुलासा भएको छ ।
दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो।
तिलक खड्का नाम गरेका व्यक्ती ज्यान मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ । उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए। त्यसपछि खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो।
पक्राउ परेका खड्कासहितका अन्य केही व्यक्तिले हिजोको कन्र्सटमा पुगेका प्रधानमन्त्ती केपी शर्मा ओली लगायत विरुद्ध नारावाजी समेत गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेनको पक्षमा नारा लगाउँदै ओलीविरुद्ध उनीहरुले चर्को नारावाजी गरेका थिए ।
साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने बेला उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच