कांग्रेसले तोक्यो १५ कमान्डर, जेठ १३ गते प्रदर्शन गर्दै

कांग्रेसले तोक्यो १५ कमान्डर, जेठ १३ गते प्रदर्शन गर्दै

अर्थ चौतारी

कांग्रेसले तोक्यो १५ कमान्डर, जेठ १३ गते प्रदर्शन गर्दै

A A- A+

काठमाडौँ  : नेपाली कांग्रेसले काठमाडौँमा गर्न लागेको प्रदर्शनका लागि १५ जना कमान्डर तोकेको छ। जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनको तयारीका लागि १४ जना कमाण्डर तोकेको हो ।दर्शनका क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको जनाएको छ।

कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको बताइएको छ। काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा. डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ ।

ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू देवेन्द्रराज कँडेल र अर्जुन जोशीलाई खटाइएको छ । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?