मिडियाले अब युवा पलायनको कारण के हो भन्ने कुराको विश्लेषण आवश्यक छ : शंकर पोखरेल

मिडियाले अब युवा पलायनको कारण के हो भन्ने कुराको विश्लेषण आवश्यक छ : शंकर पोखरेल

अर्थ चौतारी

मिडियाले अब युवा पलायनको कारण के हो भन्ने कुराको ...

A A- A+

काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । उनले अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएकोमा गुनासो पोखे ।

नेकपा ९एमाले० केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब०का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन हिजो (मंगलबार) पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हिजो राज्यविरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको स्मरण गर्दै राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेका भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनुपर्ने छ ।’

उनले युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै सञ्चारमाध्यमले त्यसको कारण के हो भन्ने कुराको विश्लेषण गर्न आवश्यक रहेको बताए । पढेलेखेका युवा कृषिमा जानै नचाहेपछि समाजमा कामको समस्या पैदा भएको महासचिव पोखरेलको भनार्इ छ । यो तथ्यलाई उजागर गरेर कृषिलाई व्यावसायीकरण र बजारीकरणको विषय प्रवद्र्धन गर्न सञ्चारमाध्यमले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । सञ्चारमाध्यमले व्यवसायी र किसानलाई उत्प्रेरित गर्नुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?