काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औँ स्टोर सञ्चालनमा ल्याउन लागेको जनाएको छ । करिब एक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ स्टोर निर्माणका लागि भूमि पूजा गरिएको अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यसअघि पोखरा र चितवनमा २८औँ र २९औँ स्टोर निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । करिब पाँच सय युवालाई रोजगारी दिन सकिने गरी स्टोर सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच