मोरङ कारागारका कैदीको मृत्यु

मोरङ कारागारका कैदीको मृत्यु

अर्थ चौतारी

मोरङ कारागारका कैदीको मृत्यु

A A- A+

काठमाडौँ । मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

खाना खाएर बसेका बेला मंगलबार बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर थापा ढलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?