काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार साँझ ललितपुरको जावलाखेलस्थित आइटी कम्पनीमा छापा मारेर झन्डै ५० जनालाई नियन्त्रणमा लियो ।
अफिसमा काम सुरु गरेको केही घण्टामै सीआईबीको टोलीले त्यहाँ छापा मारेको थियो । पक्राउ परेकामध्ये ४२ जनालाई दैनिकी हाजिरी जमानीमा छाडिएको र ८ जनालाई मुद्दा चलाइएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका दुई चिनियाँ, एक फिलिपिनो र ५ जना नेपालीलाई अभौतिक मुद्रा कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बोगटीले बताए । प्रहरीका अनुसार गिरोहले मासिक साढे ३ लाख रुपैयाँमा घर भाडामा लिएर आइटी कम्पनी चलाइरहेको थियो। त्यहाँ रात परेपछि मात्र काम सुरु हुने गरेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।
यो गिरोहले सामाजिक सञ्जालमा साथी बनाएर मानिसलाई अन्तिममा ठग्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी गरिएको छ। प्रवक्ता बोगटीले दुबईमा प्रहरीले छापा मारेर डिपोर्ट गरेको टोलीले नेपालमा आएर फेरी धन्धा सुरु गरेको बताए ।
‘दुबईमा काम गर्न नपाएपछि नेपालमा आएर गर्न थालेको देखिन्छ’, उनले भने । प्रहरीले उक्त आइटी कम्पनीमा ५ जना महिलासहित ४७ जना कर्मचारी काम गर्न राखेको थियो। प्रहरीले ठुलो मात्रामा विभिन्न डिभाइसहरू पनि बरामद भएको जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच